Media Network

राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्रले एउटै शालिकमा माला लगाए


खबरस्टोरी संवाददाता

२७ पुष २०७८,मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको एउटै शालिकमा माला लगाइदिएका छन् । 

पृथ्वीनारायणको ३०० औं जन्मजयन्तीको अवसरमा सिंहदरबारको मुख्य गेटबाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति भण्डारी र पूर्वराजा शाहले माल्यार्पण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरिसकेपछि पूर्वराजा शाह पनि सिंहदरबार पुगेर उनको सालिकमा माल्यार्पण गरेका थिए । 

आफ्ना पुर्खासमेत रहेका पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न मंगलबार ज्ञानेन्द्र पहिलो पटक सिंहदरबार गएका हुन् ।

राजतन्त्र हुँदा नेपालमा पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने गरिएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद