Media Network

राष्ट्रपति भण्डारीद्धारा जेठ ३ मा दुवै सदनको अधिवेशन आह्वान


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन जेठ तीन गतेका लागि बोलाइएको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ तीन गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाएकी हुन् ।

जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

त्यसअघि हुने पूर्व बजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसद्को अधिवेशन बोलाइएको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद