राष्ट्रपति भण्डारीद्वारा संसदको हिँउदे अधिवेशन आह्वान


खबरस्टोरी संवाददाता
२७ मंसिर २०७८, सोमबार
राष्ट्रपति भण्डारीद्वारा संसदको हिँउदे अधिवेशन आह्वान

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै सदनको अधिवेशन मंगलबार दिनको २ बजे बस्ने गरी यही मङ्सिर १७ गते आह्वान गरेकी छन् ।

यसअघि संसद् भवन परिसरमा  सभामुख, राष्ट्रियसभा उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतले कोभिड–१९ एन्टिजेन परीक्षण गराएका थिए ।