स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भए लगत्तै बसेको पार्टी केन्द्रीय समितिको बैठकले चितवनको राप्ती नगरपालिकाका ४ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको पार्टी अध्यक्ष शुक्र गुरुङले जानकारी दिए ।
केन्द्रीय समितिमा थप हुनेमा विक्रमी महतो चौधरीसहित कृष्णराम कँडेल, बियान महतो थारु र हिरालाल शंखरे रहेका छन् । बैठकले गएको स्थानीय तह निर्वाचनमा सक्रिय भूमिका खेलेका पार्टीका क्रियाशील सदस्यहरुलाई पदोन्नति गरिएको छ ।
यस्तै, राष्ट्रिय नागरिक पार्टीले चितवनको विभिन्न स्थानीय तहहरुमा पालिका स्तरीय कमिटी विस्तार गरेको छ । हालै राप्ती नगरपालिकामा पार्टीको चितवन जिल्ला कमिटी सदस्य बुद्धिबहादुर तामाङको अध्यक्षतामा नगर कमिटी गठन गरिएको छ । आइतबार सम्पन्न नगरस्तरीय भेलाले पार्टीकै चितवन जिल्ला सदस्य जोख चौधरीलाई नगर उपाध्यक्ष चयन गरिएको छ ।