Media Network

राष्ट्रियसभा बैठक पुस २७ गते


खबरस्टोरी संवाददाता

२३ पुष २०७८,शुक्रबार

काठमाडौँ। यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ । 

बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद