काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने भएको छ ।पुस २० गते उम्मेदवार मनोनयन दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो । पुस २० गते १९ राष्ट्रियसभा सदस्य पदका लागि ४३ जनाले मनोनयन दर्ता गराएका थिए ।
राष्ट्रियसभाका १९ सदस्यको माघ २० गतेदेखि पदावधि समाप्त हुँदैछ ।निर्वाचन कार्यक्रमअनुसार पुस २१ गते उम्मेदवारको बिरोधमा उजुरी, २२ र २३ गते मनोनयन र उजुरी जाँचबुझ तथा नामावली प्रकाशन र पुस २४ गते शनिवार उम्मेदवारलाई नाम फिर्ता लिने समय प्रदान गरिएको थियो ।
आगामी माघ १२ गते प्रदेशसभा सदस्य तथा महानगर, नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुलाई मतदान गर्नेछन् । निर्वाचनमा २ हजार २५ जना मतदाता रहेको आयोगले जनाएको छ ।