Media Network

राष्ट्रियसभा सदस्य पन्थद्वारा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७८,मंगलवार

काठमाडौँ । नेपाली कांग्रेका युवा नेता प्रकाश पन्थले पार्टीको १४औँ महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । 

उनले लोकतन्त्रवादी, अपाङ्गता अभियन्ता र पार्टीका कार्यकर्ताको हैसियतले महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पार्टीको ऐतिहासिक महाधिवेशनको सुखद अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका नेता पन्थले अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानका लागि कार्यकर्ताको सदासर्वदा साथ सहयोग पाउँदै आएको अवगत गराएका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता दर्जनाैँ मुद्दा, सवाल अझै सम्बोधन र सुनिश्चित् हुन नसकेको उल्लेख गर्दै उनले संविधान र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि जोड दिए । अपाङ्गता भएका व्यक्तिको आफ्नै कठिन भोगाइ र सिकाइलाई  कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपाङ्गता व्यक्तिको अधिकार प्राप्तिका लागि आफनो उम्मेद्वारी भएको उनले स्पष्ट पारे ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद