सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमद्वारा जारी सूचनामा बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ।
सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेको उल्लेख छ।