सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदावधी सकिएर हिजो विदा भएपछि आज नयाँ निर्वाचित सदस्यहरुलाई शपथ खुवाईएको हो ।
।शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन् ।यसै गरी सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्र पनि नयाँ निर्वाचित सदस्य रहेका छन् ।
निर्वाचित मध्य १८ जना गठबन्धनका छन् भने एक जना एमालेका रहेका छन् ।
राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उनीहरुको कार्यकाल छ वर्षको हुनेछ ।यस अघि हिजो राम नारायण बिडारी,कोमल वली सहित २० जना विदा भएका थिए