Media Network

राष्ट्रियसभाका संसदीय समितिका सदस्यहरु मनोनित


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयन गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विभिन्न नामहरु मनोनित गरेका हुन् । सभाध्यक्ष तिमिल्सिनाले दीगो विकास तथा सुशासन समितिमा सांसदहरू कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पालाई मनोनयन गरेका छन् ।

त्यस्तै, विधायन व्यवस्थापन समितिमा सांसदहरू नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर बोहरा तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसदहरू युवराज शर्मा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, गोमादेवी तिमल्सिना, मदनकुमारी शाह (गरिमा), नरबहादुर विष्ट र मोहम्मद खालिद रहेका छन् ।

यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरू दुर्गा गुरूङ, जगतबहादुर पार्की, जयन्तीदेवी राई र राजेन्द्रलक्ष्मी गैरे रहेका छन्।

यस्तै, संसदीय सुनुवाइ समितिमा खिमलाल भट्टराईलाई र सोही नियमावलीको नियम २७ को उपनियम (२) बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा अनिता देवकोटा, देवेन्द्र दाहाल र गोपीबहादुर अछामीलाई पठाइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद