Media Network

राष्ट्रियसभामा इन्धन मूल्यवृद्धिविरुद्धको प्रस्ताव दर्ता


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले इन्धनमा गरिएको मूल्यवृद्धि विरुद्धको प्रस्ताव दर्ता गराएका छन् । 

उनीहरूले इन्धनको मूल्यवृद्धिमाथि छलफलको माग गर्दै जरूरी सार्वजनिक महत्वको उक्त प्रस्ताव दर्ता गराएका हुन् । एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाल प्रस्तावक रहेको उक्त प्रस्ताव राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बुझ्दै दर्ता गरेका छन् ।  

पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्यबमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधान छ । तर उक्त प्रावधानविरुद्ध पछिल्लो समय साता दिनभित्रै दुईपटक बढाइएको भन्दै मूल्यवृद्धि फिर्ताको माग गरिएको छ । 

सरकारसँग मूल्यवृद्धि न्यूनीकरणका लागि भएका प्रयासबारे खाका माग गर्दै संसदमा छलफल गर्नुपर्ने माग पनि एमालेले गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद