Media Network

राष्ट्रियसभामा पनि एमालेले गर्‍यो अर्थमन्त्री शर्मालाई बहिष्कार


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा  पनि अर्थमन्त्री शर्मालाई बहिष्कार गरेको छ । 

शुक्रबारको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट आश्रित विधेयकहरू सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । सोही कार्यसूचि अनुसार अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्थमन्त्री शर्मालाई रोष्टममा बोलाउदा एमाले सांदहरुले आपत्ति जनाएका थिए । 

उनीहरुले अर्थमन्त्रीले बजेट निर्माणका क्रममा शंकासपद गतिविधि गरेको र अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै राजीनामा दिनु पर्ने माग राखेको थिए । 

एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जेल आफूहरू अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताएसंगै एमाले सांसदहरुले राष्ट्रिय सभा बैठक छोडेर बाहीर निस्किएका थिए । 

एमालेको बहिष्कारको बाबजुत अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री शर्मालाई आफ्नो प्रस्ताव पेश गर्न आग्रह गरेसंगै बैठकमा अर्थमन्त्रीले पेस गरेको ‘आर्थिक विधेयक २०७९ लाई मुल रूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव, ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक २०७९ लाई मूल रूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ र  ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई मूल रूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्तावलाई राष्ट्रिय सभा बैठकले बहुमतले पारित गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद