बुधवार स्वतन्त्र उम्मेदवारी अभियानले पार्टीको नामबाट स्वतन्त्र हटाउनुपर्ने माग गर्दै निर्वाचन अयोगमा उजुरी दिएको हो ।
उजुरीमा पार्टीको नममा स्वतन्त्र शब्द रहेको र यसले संविधानले दिएको स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरुको अधिकार छिनेको, प्रचलित कानुनको विपरित रहेको र स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएकोले सो शब्द हटाउन माग गर्दै आयोगमा उजुरी परेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी गराए ।
मंगलबार मात्र रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पाटी घोषणा गरी आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।