Media Network

रविले ‘स्वतन्त्र’ नाम र चुनाव चिह्न ‘घण्टी’ दुवै पाए


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाडाैं। पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । 

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न गोलाकारभित्रको घण्ट शुक्रवार दर्ता भएको हो । आयोगले अन्य विवाद सुल्झाउँदै त्यही नामलाई मान्यता दिएको हो।

१८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४ र ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट असार ३ मा निर्णय भएकाले यो प्रमाणपत्र दिइएको’ उल्लेख छ । 

लामिछानेको पार्टीको नाम र चुनाव चिह्नबारे आयोगमा उजुरी परेपछि आयोगले निर्णय लिन सकेको थिएन । 

दल दर्ताकाे प्रमाणपत्रः


Share:
Reaction :
ताजा समाचार
खेलकुद