रबिले पार्टी घोषणा गरेपछि मिश्रले फेसबुकमा स्टाटस जारी गर्दै रबिलाई पार्टी निर्माणको क्रममा आफुहरुबाट भएका कमीकमजोरीहरु बाट धेरै भन्दा धेरै सिक्न प्रयास गर्न सुझाव दिएका हुन् ।
मिश्रले लेखेका छन् “ प्रिय रवी, तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि ह्रिदयदेखि शुभकामना व्यक्त गर्दछु !”