Media Network

सर्वदलीय बैठक सिंदरबारमा सुरु, एमाले अनुपस्थित


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७८,सोमबार

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । 

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवाल सहभागी छन् ।

बैठकमा माओवादीको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत सहभागी छन् । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक बोलाएका थिए ।

त्यस्तै बैठकमा एमाले भने सहभागी छैन । एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो । आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ । आफूले कारबाही गरेका १४ सांसदको सूची सूचना पाटीमा टाँस नगरेको भन्दै एमालेले सभामुख सापकोटाको विरोध गर्दै आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद