Media Network

सभापतिको उम्मेदवार टुंग्याउन चाक्सीबारीमा पौडेल समुहको छलफल सुरु


खबरस्टोरी संवाददाता

२२ मंसिर २०७८,बुधबार

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्ना समूहबाट उम्मेदवार छान्न नेता रामचन्द्र पौडेल समुहका नेताहरू छलफलमा जुटका छन् ।

यसअघि बत्तीसपुतलीमा भएको पौडल पक्षको बैठकमा पौडेलले दाबी छोड्न तयार भएपछि प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भइरहेको छलफलमा सभापतिका आंकाक्षीहरू पौडेल, शेखर कोइराला र शशांक कोइराला र केही केन्द्रीय सदस्यहरू सहभागी रहेका छन् ।

पौडेलले पनि दाबी छोड्न तयार भएपछि उक्त समूहबाट अब शेखर कोइराला र प्रकाशमान सिंहमात्रै सभापतिका दाबेदार छन्। सभापतिका अर्का दाबेदार शशांक कोइरालाले मंगलबार नै सहमतिका लागि आफू छोड्न तयार रहेको बताएका थिए।

बत्तीसपुतलीको छलफलमा सहभागी नेता-कार्यकर्ताले नेताहरूले छलफल गरेर उम्मेदवार टुंग्याउनु पर्ने सुझाव दिएका थिए । त्यसैगरि शेखर र प्रकाशमानमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन पनि उक्त समूहलाई गार्हो भएको छ ।

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्षबाट उनी नै यसपालि सभापति उठ्दैछन् भने उनीसँग असन्तुष्ट भएर गएका विमलेन्द्र निधिले पनि सभापति उठ्ने घोषणा गरिसकेका छन्। पौडेल पक्षमा भने चार जना सभापतिका आकांक्षी रहेकाले को उम्मेदवार बन्छ भन्ने टुंगो लगाउन कठिनाई भएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद