Media Network

सभापतिमा निर्वाचित भए तीनै तहमा पार्टीलाई बहुमत दिलाउँछु : प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता

२५ मंसिर २०७८,शनिबार

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए सबै तहमा बहुमत दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उनले भनेका छन्, "कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ । यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।"


Share:
Reaction :
ताजा समाचार
खेलकुद