सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई अध्यक्ष नेपालको बधाई


खबरस्टोरी संवाददाता
२९ मंसिर २०७८, बुधबार
सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई अध्यक्ष नेपालको बधाई

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेका छन् । 

अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् ।