Media Network

सिंगो मधेसलाई जोड्न निजगढ अन्तरराष्ट्रिय विमानस्थल आवश्यक छ : अर्थमन्त्री जनार्दन शर्मा


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश विकासको काममा कसैले बाधा अवरोध गर्न नहुने भन्दै सिंगो मधेसलाई जोड्न पनि निजगढ अन्तरराष्ट्रिय विमानस्थल महत्तोपुर्ण रहेको बताएका छन् ।

उनले राज्यको ठूलो धन खर्च भइसकेको निजगढ विमानस्थल निर्माणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताए । उनले अवको केहि वर्षमा काठमाडौं निजगढ फास्टट्रयाक निर्माण पुरा भइसक्ने भन्दै यसको निर्माणले मधेस प्रदेशमा विकासले फड्को मार्ने बताए ।

उनले उद्योगधन्दा सञ्चालनको क्रममा कहाँनिर समस्या आउँछ त्यसको बारेमा सरकारलाई खुलेर अवगत गराउन पनि उद्योगी व्यवसायीलाई अनुरोध गरे  ।

उनले कुनै पनि उद्योग बन्द हुन नहुने भन्दै सरकार प्राथमिक कच्चा पदार्थमा अधारित उद्योगलाई प्रवर्द्धन गर्ने  पक्षमा रहेको बताए । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद