Media Network

सोह्र वर्षपछि नेतृत्वबाट बाहिरिए कमल थापा


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा १६ वर्षपछि नेतृत्वबाट बाहिरिएका छन् । 

बुधबारदेखि काठमाडौंमा चलिरहेको राप्रपाको एकता महाधिवेशनबाट आफूभन्दा कनिष्ट राजेन्द्र लिङदेनसँग पराजित भएसँगए थापा नेतृत्वबाट बाहिरिएका हुन् । 

आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनसँग थापा १९९ मत अन्तरले पराजित भए । 

थापाले १६१७ मत पाउँदा लिङदेनले १८१७ मत प्राप्त गरे । 

यस्तै, उपाध्यक्षमा विक्रम पाण्डेले सर्वाधिक मत प्राप्त गरी विजयी भएका छन् । पाण्डेले २५२१ मत प्राप्त गरे ।  

यस्तै, उपाध्यक्षमा वुद्धिमान तामाङ १९४४ मत प्राप्त गरे भने ध्रुवबहादुर प्रधान १८१४ मत, महिला उपाध्यक्ष रोशन कार्कीले १५८९ पाइन् । 

यसैगरी, महामन्त्रीमा धवलशम्शेर राणाले २२२१ मत, भुवन पाठकले  १७०५, कुन्ति शाहीले २००८ मत प्राप्त गरि विजयी भए । 

२०४७ सालमा पूर्व पञ्चहरु संगठित भई बनेको राप्रपाका तीन समूहबीच पछिल्लो पटक २०७६ फागुन २४ गते एकता भएपछि पहिलो पटक एकता महधिवेशन भएको हो । 

पूर्व पञ्चहरुको खिचातानी र दाउपेचकाबीच थापाले २०६२ साल पुसमा राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरी आफूलाई अध्यक्ष घोषणा गरेका थिए । त्यसयता थापा निरन्तर नेतृत्वमा थिए । तीन पार्टीबीचको एकतापछि भने उनी राप्रपाको संयुक्त नेतृत्व थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद