काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेर सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए ।त्यसका लागि अध्यक्ष केपी ओलीले पुरानै कुरा दोहोर्याएका थिए । बैठकपछि निस्कदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कील हामी सबै लोकतन्त्रको यात्राका सहयात्री भएकाले एक ठाउँमा भएको र एमसीसीको विपक्षमा एमाले उभिन नसक्ने भन्दै संसदको द्धार खोल्न आआफ्ना अडान छाडेर दुई कदम अघि बढ्नुपर्ने बताए ।