प्रधानमन्त्री निवास बालुवाटारले भोलिमात्र क्याबिनेटमा मन्त्री परिवर्तनको संकेत देखाएपछि कार्यक्रम रोकिएको हो ।मन्त्रिपरिषदमा नेकपा एसबाट जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ र शेरबहादुर कुँवरजान ठिक्क परेका छन् । ६ महिनामा फेरिने भनिएको मन्त्री ९ महिना पुगिसक्दा पनि फेरिन सकेक छैन् ।
यसैबिचमा आजै गर्ने भनिएको मन्त्री परिवर्तन किन रोकियो भन्ने चासो बढेको छ । नेकपा एसभित्र मन्त्री फेरबदलको विषयले ठूलै तरङ्ग आइरहेको छ । माधव नेपाललाई केही मन्त्रीहरुले धम्की समेत दिन थालेका छन् ।