Media Network

समाजवादीका नयाँ मन्त्रीको सपथ आज, लोसपा पनि सरकारमा जाने


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सिफारिस गरेको नयाँ मन्त्रीहरूलाई सोमबार सपथ ग्रहण गराइने भएको छ । 

एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा नयाँ मन्त्रीहरुको सिफारिस गरेको हो ।समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेको स्थानमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्थानमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसनकुमार श्रेष्ठको स्थानमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको स्थानमा हीराचन्द्र केसीलाई सिफारिस गरेको हो ।

नयाँ मन्त्रीहरूको नामावली पार्टी अध्यक्ष माधवकुमार नेपालले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्रीहरूलाई नियुक्ति गर्ने छन् ।

यता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुदैछ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लोसपा अध्यक्ष ठाकुरले नागरिकता विधेयक अघि बढाए आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका थिए ।

देउवाले पछिल्लो समय अध्यक्ष ठाकुरसँग निरन्तर सम्वाद गरिरहेका छन्। अध्यक्ष ठाकुरलाई  प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। उनले मधेसको मुद्दा नागरिकता ऐन सहमति जुटाएर संसदमा अगाडि बढाउने तयारी भइरहेको बताएका थिए ।देउवाले लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन्। यसमा विषयमा लोसपाका शीर्ष नेताहरुसँग आज थप छलफल हुने भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद