समानुपातिकतर्फ ११० जना निर्वाचित घोषणा


खबरस्टोरी संवाददाता
२ चैत्र २०८२, सोमबार
समानुपातिकतर्फ ११० जना निर्वाचित घोषणा

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक सांसदका लागि सिफारिस गरेका ६ दलका १ सय १० जनालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको छ । 

निर्वाचित घोषणा गरेका उनीहरुलाई आयोगले चैत ५ गते विहीबार प्रमाणपत्र वितरण गर्ने जनाएको छ । त्यसका लागि नागरिकतासहित आवश्यक कागजात बुझाउन पनि आयोगले आग्रह गरेको छ । 

त्यसका लागि समानुपातिकतर्फ निर्वाचित भएका सांसदले चैत ३ गते कार्यालय समयभित्र सक्कलै नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र र दुई प्रति पासपोर्ट साइजको फोटा बुझाउनुपर्नेछ। आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा कागजात बुझाउन भनेको छ।