Media Network

सिन्धुपाल्चोकबाट २ हजार २ सय १८ जना उम्मेदवार


खबरस्टोरी संवाददाता

१४ बैशाख २०७९,बुधबार

काठमाडाँ । ३० वैशाखको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको १२ स्थानीय तहमा दुई हजार दुई सय १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

सिन्धुपाल्चोकमा अध्यक्ष प्रमुखका लागि एक सय प्रतिस्पर्धामा होमिएका छन् भने उपप्रमुख उपाध्यक्षमा ६९ को मनोनयन परेको छ। एक सय तीन वडामा चार सय ९५ ले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

तीन सय ८७ जना, दलित महिला सदस्यका लागि तीन सय ४९ जना र खुला सदस्यका लागि आठ सय १८ जनाले महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

अध्यक्षमा सबैभन्दा बढी बलेफी गाउँपालिका १५ को उम्मेदवारी परेको छ भने जुगल र इन्द्रावती गाउँपालिका अध्यक्षमा सबैभन्दा कम पाँच पाँचले मनोनयन दर्ता गराएका छन्।

सबै पदमा गरेर सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकामा तीन सय १६ को उम्मेदवारी परेको छ।

यस्तै, इन्द्रावती गाउँपालिकामा दुई सय ५८ उम्मेदवारी परेको छ भने मेलम्ची नगरमा पनि दुई सय ५८ जनाले नै मनोनयन दर्ता गरेका छन्।

क्रमशः बाह्रबिसे नगरपालिकामा एक सय ८७, त्रिपुरासुन्दरी गाउँपालिकामा एक सय ३८, पाचँपोखरी गाउँपालिकामा एक सय ४३, जुगल गाउँपालिकामा एक सय ४०, भोटेकोशी गाउँपालिकामा एक सय ४४, लिसङखुपाखर गाउँपालिकामा एक सय ७६, बलेफी गाउँपालिकामा एक सय ८५, सुनकोसी गाउँपालिकामा एक सय ४९ जना रहेका छन्।

सबैभन्दा कम हेलम्बु गाउँपालिकामा एक सय २४ ले उम्मेदवारी दर्ता गराएका छन्।

सबै तहमा गरेर २५ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन्। त्यसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ६ राष्ट्रिय मान्यता प्राप्त दल रहेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद