आइतबार विराटनगरमा बसेको प्रदेश सभा बैठकमा शुन्य समयमा बोल्दै एमालेका सांसद कार्कीले प्रदेश राजधानी विराटनगरमा तीन तहको सरकार मातहत जग्गा धेरै उपलब्ध भएको र त्यसमा प्रदेश सरकारका लागि १०–१५ बिघा क्षेत्रफल सहज रुपमा उपलब्ध हुन सक्ने बताए।
मन्त्रालयदेखि कार्यालय भवन सबै निर्माणका लागि तराई क्षेत्रमा ५–७ बिघा क्षेत्रफल भए सबै एकै स्थानमा बनाउन सकिने उनको भनाइ छ।
उनले भने, ‘भूमाफियालाई जिम्मा लगाउने गरी राजधानीको संरचना बनाउन अनावश्यक चलखेलमा हामी लाग्नु हुँदैन। यसको म खबरदारी गर्न चाहन्छु।’
मैसम पूर्वानुमानले यसपटक अधिक वर्षा हुने बताइरहँदा प्रदेश सरकार जनतालाई जोगाउन प्रयत्नशील नदेखिएको उनले आपत्ति जनाए ।
उनले सरकार विपद् व्यवस्थापनभन्दा पनि हेलिकप्टर खरिदमा भुलेको बताए।
बाढी–पहिरो उद्धारका लागि नेपाली सेनासँग दुई÷तीन महिना सहयोग माग गर्न सकिने उनले बताए।
उनले भने, ‘आउँदो समयमा बाढी पहिरोबाट जोगिन विपद् व्यवस्थापन समितिको माध्यमबाट सुरक्षा निकाय, रेडक्रसलगायतलाई समन्वय गर्दै बाढीपहिरोबाट जनतालाई जोगाउन पूर्व तयारी गर्न सक्छौं। तर, सरकारले हेलिकप्टर खरिद गर्न भने आवश्यक छैन।’