Media Network

सरकारको नीति तथा कार्यक्रम आज आउँदै


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम मंगलबार ल्याउँदैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ । अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद