Media Network

सरकारले भन्यो–नेपाल एसपीपीमा आवद्ध हुँदैन


खबरस्टोरी संवाददाता

२ असार २०७९,बिहीबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकार अमेरिकी सरकारको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आवद्ध नहुने स्पष्ट गरेका छन् । 

प्रतिनिधिसभाको विहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा बोल्दै गृहमन्त्री खाँणले एसपीपीमा नेपाल आवद्ध हुने कुनै निर्णय नेपाल सरकारले नगरेको पनि दाबी गरे ।  

नेपालको भूमि कुनै अन्तर्राष्ट्रिय शक्तिको केन्द्र बन्न नहुनेमा सरकार स्पष्ट रहेको मन्त्री खाँणले बताए । 

एमालेको बहिष्कारका बाबजुद छलफलमा भाग लिएका एमाले सांसद डा.भीम रावलले २०१५ मा प्रधानमन्त्री सुशील कोइराला र २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपीकाबारेमा पत्र लेख्न लगाएको जानकारी छ कि छैन ? भनी प्रश्न गरेका थिए । 

यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल एपीपीको साझेदार भएको भनी अमेरिकी रक्षा मन्त्रालयको वेवसाइटमा नै उल्लेख भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद