Media Network

सरकारले किसानलाई पेन्सन दिन्छु भन्नु हावादारी गफ हो : डा. लोहनी


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा किसान पेन्सन योजना समावेश गरेका छन् ।

राप्रपाका निवर्तमान अध्यक्ष तथा पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकारले अहिले ल्याएको बजेटमा हावादारी गफ रहेको आरोप लगाएका छन् । उनले नेपालको बजेटमा देखिएको विकृति अहिलेको बजेटमा पनि देखिएको भने । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो टिप्पणी दिएका हुन् ।

सरकारले जनतालाई मुर्ख बनाउने काम गरेको पनि उनको आरोप छ । उनले सरकारले किसानलाई पेन्सन दिने भनेर घोषणा गरेको तर मलको व्यवस्था नगरेको गुनासो गरे ।

उनले भने,‘सरकारले धान आयात घटाउँछु भनेको छ, यसको लागि नेपालमै धान उत्पादन बढाउनुपर्यो नि, अनि धान उत्पादन बढाउन त मलको व्यवस्था गर्नुपर्छ । तर, मलको व्यवस्था नगर्ने अनि यस्तो हावादारी गफ गर्ने, यो भनेको गँजेडीको गफ हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद