काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरिएको जानकारी दिए ।
७९ अर्ब ३८ करोड रूपैयाँ स्वास्थ्य मन्त्रालयका लागि विनियोजन गरिएको मन्त्री शर्माले जानकारी गराए ।