Media Network

सुर्खेतमा बन्दकर्ताद्धारा एमाले पार्टी कार्यालयमा आगजनी, काँग्रेस,माओवादी कार्यालय तोडफोड


खबरस्टोरी संवाददाता

१६ फाल्गुन २०७८,सोमबार

सुर्खेत । नेपाल बन्दको आव्हान गरेका विप्लव, बैद्य नेतृत्वसहितका अन्य समुहरुले आव्हान गरेको नेपाल बन्दको क्रममा सुर्खेतमा बन्दकर्ताले एमाले पार्टी कार्यलयमा आगजनी गरेका छन् । त्यसै गरी उनीहरुले काँग्रेस र माओवादीको कार्यालयमा समेत तोडफोड गरेका छन् ।

बीरेन्द्रनगर ६ मा रहेको एमालेको पार्टी कार्यालयमा एमसीसी पास गर्न सघाएको भन्दै उनीहरुले आगो लगाएका थिए । बन्दकर्ताले ढुंगामुडा गर्न थालेपछि प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । प्रहरीले एक दर्जन बढी बन्दकर्ता पक्राउ गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद