Media Network

सर्वाेच्चमा पाँच महिनापछि संवैधानिक इजलास बस्दै


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौ । पाँच महिनापछि सर्वोच्च अदालतमा आज शुक्रबार संवैधानिक इजलास बस्ने भएको छ । पछिल्लो पटक १३ असोजमा संवैधानिक इजलास बसेको थियो ।सर्वोच्चका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ ।

१ फागुनमा जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै,जबराविरुद्ध आन्दोलन सुरु भएको थियो । जसका कारण संवैधानिक इजलास बस्न सकेको थिएन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद