काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन्। प्रतिनिधिसभाको बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
नेपाली कांग्रेसले एमसीसी आज संसदमा टेबुल गर्ने बताएपनि सत्ता गठबन्धनमा भने एमसीसीबारे सहमति जुट्न सकेको छैन । शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७÷७८ प्रतिनिधि सभामा पेश गर्ने मात्रै उल्लेख छ । एमसीसीको विषय भने उल्लेखित गरिएको छैन ।