Media Network

संसद्‍ बैठकमा आज एमसीसी पेश नहुने


खबरस्टोरी संवाददाता

६ फाल्गुन २०७८,शुक्रबार

काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश नहुने भएको छ । 

बिहान बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो । संसद बैठक दिउँसो १ बजे बस्दै छ । उक्त बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ । कार्यव्यवस्थाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी भएको छैन । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद