आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले हराएको खोपबारे सरकारले उत्तर दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘२४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिसन लिएका कारण हराएको हो ? सभामुख महोदय । त्यसको जवाफ चाहिँदैन?'
उनले १३९ वटा औषधि त पहिलै निशुल्क भएको भन्दै नीति तथा कार्यक्रम र बजेटमा नयाँ कुरा नआएको बताए ।
स्वास्थ्य क्षेत्रमा बजेट घटाइएको भन्दै जनताको स्वास्थ्यप्रति यो सरकार जवाफदेही छ ? भन्दै सरकारलाई प्रश्न गरे ।
गत वर्षको भन्दा स्वास्थ्य क्षेत्रमा सरकारले २२ प्रतिशत भन्दाबढी बजेट घटाएको भन्दै सांसद खगराजले आक्रोश समेत व्यक्त गरे।