Media Network

सांसद राईले भने- एमालेले मेयर शाहलाई पूर्णरुपले सहयोग गर्छ


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ। प्रतिनिधसभामा नेकपा (एमाले)का सांसद कृष्णकुमार राईले काठमाडौं महानगरपालिका  मेयर बालेन्द्र शाहलाई आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद राईले फोहोरले काठमाडौंलाई अप्ठ्यारो भएको बताए । उनले फोहोर उठाउनका लागि पार्टीबाट उपमेयरमा निर्वाचित सुनिता डंगोलले मेयरलाई सहयोग गर्ने बताए ।

'भर्खरै निर्वाचित भएर आएको बालेन्द्र शाहलाई भन्न चाहन्छु, हिजो विद्यासुन्दर शाक्यलाई असहयोग गरेको उपप्रमुख जस्तै आज उपप्रमुखका रूपमा विजय हासिल गर्नुभएको सुनिता डंगोलले तपाईंलाई असहयोग गर्नु हुने छैन,' उनले भने, 'तपाईंलाई हामी पूर्ण रूपले सहयोग गर्न चाहन्छौं तर बालेन्द्र शाहले संयमता अपनाएर अगाडि बढ्न जरुरी छ ।'

उनले फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि अनुरोध गरे ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद