काठमाण्डौँ । सुचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद बैठक अवरोध हट्ने र एमसीसी पास हुने विश्वास गरेको बताएका छन् ।
बिहिवार नेकपा ( एमाले) का सांसदहरूहरूसँगको छलफल पछि कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् । पत्रकारहरूसंग कुरा गर्दै कार्कीले भने संसद सञ्चालन गर्न प्रधानमन्त्रीले सबै संग छलफल गरिरहनु भएको छ । यसले संसद सञ्चालन हुनेमा विश्वास छ । एमसीसी संसदमा गहन रूपले छलफल भएर अगाडी बढ्छ ।
एमसीसीको विषयमा अन्य राजनीति दलहरूसंग थप छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउसो १ः०० बजे बस्ने भनिएको संसद बैठक स्थगित गर्न माग समेत गरेका थिए ।