अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रियसभाको बैठक अन्त्य भएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् ।
संसदको अधिवेशन अन्त्य गरिएसँगै ४२ वटा विधेयक अलपत्र पर्नुका साथै प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव पनि छलफल नै नगरी रोकिएको छ । प्रतिनिधिसभाको बुधबारको लागि तय भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध पेस भएको महाभियोग प्रस्तावबारे सामान्य छलफल गर्ने र महाभियोग सिफारिस समितिमा पठाउने तयारी थियो । तर, महाभियोगको प्रक्रिया पूरा नहुँदै अधिवेशन अन्त्य गरिएको छ ।
यस्तै, अर्को महत्वपूर्ण नागरिकता विधेयक पनि अन्यौलमा परेको छ । गत भदौ २३ देखि सुरु भएको नवौं अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो भने मंसिर २८ गतेदेखि सुरु भएको दशौं अधिवेशन फागुन २९ गतेसम्म चल्यो ।
०७५ साउनमै संसदमा पुगे पनि अघि बढ्न नसकेको नागरिकता विधेयक थप अन्योलमा परेको छ ।
अधिवेशन अन्त्य सम्बन्धि सूचना