Media Network

संसदमा एमाले अवरोध कायमै


खबरस्टोरी संवाददाता

११ कार्तिक २०७८,बिहीबार

काठमाडौँ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल (एमाले)का सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारवाही अघि बढाउने काममा सहयोग गर्न पटक–पटक आग्रह गरेका थिए । उनले जलवायु परिवर्तनका कारण नेपालभर देखिएका असरहरु, जनजीविका र जनसरोकारका विषयवस्तु सदनमा प्रस्तुत हुन नसकेको भन्दै प्रतिपक्षी दल एमालेका सांसदलाई गम्भीर बन्न आग्रह गरेका थिए ।

 उनले सदनको नियमित काम कारबाहीमा अवरोध हुँदा जनमानसमा समेत नकारात्मक दृष्टिकोण पैदाहुने हुँदा सदन सञ्चालन गर्न जोड दिए । एमालेले चालू अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ । प्रतिनिधिसभाको नवौँ अधिवेशनमा हालसम्म १३ बैठक भएका छन् । 

प्रतिनिधिसभाको पछिल्लो बैठक गत असोज २५ गते बसेको थियो । असोज ९ गतेका लागि बैठक निर्धारण गरिएको भए पनि प्रतिपक्षी दल एमालेको आग्रहमा बैठक थप दुई दिन सारिएको थियो । रासस 


Share:
Reaction :
ताजा समाचार
खेलकुद