Media Network

संसदमा एमसीसी आजै पारितको तयारी, केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौं । सरकारले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीसँग गरेको कम्याक्ट सम्झौता आजै संसदबाट पारितको तयारी थालेको छ । 

प्रतिनिधीसभामा अहिले एमसीसीको सैद्धान्तिक विषयमाथी छलफल जारी छ । प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गरेपनि एमालेका सांसद भीम रावलले भने प्रक्रियामा भाग लिएर एमसीसीको विरोध गरेका छन् ,भने केही सिमित सांसदले एमसीसीको पक्षमा आफ्नो धारणा राखेका छन् ।दुई पूर्व प्रधानमन्त्री डा बाबुराम भटटराईले पक्ष र अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले विपक्षमा मत व्यक्त गरेका छन् ।

सैद्धान्तिक छलफलमा बोल्न चाहने सांसदहरुले आफनो धारणा राखिसकेपछि उठेका प्रश्नहरुको अर्थमन्त्री जर्नादन शर्माले जवाफ दिनेछन् ।विवादित एमसीसीको ब्याख्यात्मक टिप्पणी सहित ११ बुँदे प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको त्यही ब्याख्यात्मक टिप्पणी सहितको प्रस्ताव दोस्रो पटक शुरु हुने बैठकमा पेश गर्ने सरकारको तयारी छ ।

त्यसपछि एमसिसी सम्झौतामा दफावार छलफल दोस्रो पटक बस्ने संसदमा शुरु हुनेछ । त्यो सकिएपछि आजै मतदानको प्रक्रिया सुरू गर्ने गरी तयारी संसद सचिवालयले गरेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद