संसदमा एमसीसी पेस गरे सरकारबाट बाहिरिने माओवादीको निर्णय


खबरस्टोरी संवाददाता
४ फाल्गुन २०७८, बुधबार
संसदमा एमसीसी पेस गरे सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संसद बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको हो ।सरकारले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेपछि माओवादी केन्द्रको सो निर्णय गरेको हो  ।कांग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरेसँगै सरकारले बुधबार प्रतिनिधिसभा बैठकमा पेस गर्न लागेको हो ।