Media Network

संसदमा दुई विधेयक पेस गरिँदै


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विधेयक पेस हुने सम्भावना रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना छ । 

सभामुखपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गरिने विद्येयकबारे अन्तिम कार्यसूची बनाउने छ । 

समितिलाई सम्भावित कार्यसूचीमा रहेका विद्येयकलाई प्रस्तुत गराउने, थप गराउने वा हटाउने अधिकार छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद