संविधानमा प्रदेश तथा प्रतिनिधिसभाको म्याद निर्वाचित भएको मितिदेखि ५ वर्ष भनेर लेखिएकाले वर्तमान संघ तथा प्रदेशको कार्यकाल मंसिर २२ पछि सकिने थपलियाले बताए ।
स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने गरी छलफलमा जुटेका हुन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षासहित प्रतिनिधिसभा निर्वाचन मितिबारे अनौपचारिक छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनतर्फ केन्द्रित हुन ढिला गर्न नहुने धारणा राखेका थिए ।