Media Network

संसदीय समितिले सरकारसँग एसपीपी सम्बन्धी सबै कागजात मगायो


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित डकुमेन्ट मगाएको छ ।  शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग समितिले एसपीपीबारे छलफल गरेको थियो । 

परराष्ट्रमन्त्री खड्का तथा प्रधानसेनापति शर्माको जवाफ चित्तबुझ्दो नभएपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको हो ।

समितिले परराष्ट्र नीति विपरीत गएर कुनै पनि सैन्य एवं सामरिक महत्वका विषयमा नेपालले सहभागिता जनाउन नहुने भनी सरकारलाई सचेत गराएको छ । 

यस सम्बन्धि सरकारसँग सबै कागजात मगाउनुका साथै प्रधानमन्त्रीको अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका प्रश्नहरुको जवाफ दिन समितिले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत समितिको बैठकमा बोलाएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा एसपीपीबारे छलफल भएको थियो । छलफलका क्रममा एमाले नेता एवम् पूर्वउपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सेनाको उक्त पत्रमा लेखिएको मिति हस्तलिखितबारेमा प्रश्न उठाएका थिए । 

जवाफमा प्रधानसेनापति शर्माले नेपाल सेनामा आज लेखिएको पत्र आज नै नजाने भएकाले जुन दिन पठाइन्छ, त्यही दिन हातले मिति लेख्ने प्रचलन रहेको बताए । प्रधानसेनापति शर्माले उक्त पत्र सेनाले आधिकारिक रुपमा पठाएको र त्यसको सक्कल प्रति पनि साथमै लिएर आएका थिए । 

नेकपा एमालेका सांसद डा. भीम रावल र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भनाभन नै भएको थियो । 

एसपीपीका लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा पठाएको पत्र सार्वजनिक भएसँगै एसपीपी बहस चुलिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद