कार्यदलले रिपोर्ट दिएपछि मात्रै सिटको टुंगो लाग्नेछ । साेमबारसम्म महानगर-उपमहानगरमा कुन दलले पाउने भन्नेबारे टुंगो लाग्नेछ । सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गठबन्धनको बैठकले गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल बनेको थियो । समितिले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिको भागबन्डाबारे निर्णय गर्ने अधिकारी दिइएको छ ।