Media Network

सत्ता गठबन्धनको बैठक बालुवाटारमा, एमसीसीबारे कस्तो निर्णय आउला ?


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौँ। अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ । संसद बैठकअघि एमसीसीबारे अन्तिम निर्णय गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्न लागेको हो। बैठकमा सहभागी हुन सत्तारुढ दलका नेताहरु बालुवाटार पुग्न थालेका छन्।

गठबन्धनको बैठकअघि दलहरु आन्तरिक छलफलमा थिए। दलहरुको आन्तरिक छलफल लम्बिँदा सत्ता गठबन्धनको बैठक बस्न ढिलो भइरहेको छ। एमसीसी सम्झौताबारे सत्तारुढ दलहरुबीच लगभग सहमति भइसकेको छ। आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यातम्क टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो। सोही व्याख्यात्मक घोषणालाई अन्तिम रुप दिन दलहरु बैठकमा बस्दैछन्।

कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाक्रीलगायतका दोस्रो तहका नेताले घोषणा तयार गरिरहेका छन्।

गठबन्धनको बैठकले निर्णय गरेपछि उक्त घोषणा आइतबार १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने र एमसीसीबारे सैद्धान्तिक छलफल सुरु गराउने तयारी गरिएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद