काठमाडौं । काठमाडौं उपत्यकामा सत्ता गठबन्धनले आज गर्ने भनिएको संयुक्त चुनावीसभाको तयारी सम्पन्न भएको छ ।
बिहीबार चितवनमा चुनावीसभा गरेको गठबन्धनले दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्दैछ । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।