Media Network

सत्ता पक्षका सांसद भन्छन्– बजेटमाथिको छलफल नै स्थगन गर्नु ठीक कुरा होइन


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०७९,सोमबार

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्ता पक्षका सांसदहरुले किसानका लागि रासायनिक मलको अभाव अहिलेको प्रमुख समस्या रहे पनि बजेटमाथिको छलफल नै स्थगन गर्नु ठिक नभएको बताएका छन् ।  

रासायनिक मलको अभावबारे नेकपा एमालेका सांसदहरुले छलफल गर्नका लागि ल्याएको स्थगन प्रस्तावमाथि छलफल गर्दै सत्ता पक्षका सांसदले खेतीको सिजनमा मलको अभाव नेपाल र नेपाली जनताको नियति नै भएको बताए । 

नेपालमा मल उत्पादन नहुने भएका कारण नै हरेक वर्ष खेतीमा मल अभाव हुने गरेको भन्दै उनीहरुले नेपालमै मलको कारखाना खोल्नतर्फ सरकारले काम अघि बढाउनुपर्नेमा जोड दिए । ने

नेकपा माओवादी केन्द्रकी रामकुमारी चौधरीले पनि किसानहरू मलको अभावमा पिल्सिरहेको भन्दै यो समस्या आजमात्र सिर्जना नभएको बताइन् । नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले मलको अभावले किसान मर्कामा परेको र यो समस्याको दिगो समाधान भनेको स्वदेशमै मल कारखाना स्थापना गर्नु नै रहेको प्रस्ट पारे । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद