Media Network

सत्ता टिकाउन एमसीसी टेबल गर्ने सहमति, संसदमा आजै पेश हुने


खबरस्टोरी संवाददाता

८ फाल्गुन २०७८,आईतवार

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ ।

सत्ता गठबन्धन कायमै राख्न दलहरुले एमसीसी संसदमा टेबल गर्न दिने सहमति गरेका हुन् । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको बैठकमा सहभागी सत्ता गठबन्धन दलका नेताहरुले जानकारी दिए । 

बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलले एमसीसी टेबल गर्नसमेत नदिएको भन्दै गठबन्धन टुटाउने बताएपछि गठबन्धन दलहरु टेबल गर्न दिन सहमत भएका हुन् । गठबन्धन दलहरुको यस्तो निर्णयले राजनीतिक कोर्ष नयाँ ढंगले अघि बढ्ने संकेत देखिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद